Consortium of Organization Working for Child Participation
Respect Children's views and opinions

Latest News & Events

Wednesday, 23 Feb 2011
Sharing of the findings of Desk review 1 and Desk review 2 with concerned ministries, departments units, commissions and other stake holders.

The right of all Children to be heard and taken seriously

होस्टे हैंसे समूह मकवानपुर

होस्टे हैंसे समूह मकवानपुर
परिचयः
देशमा विद्यमान गरिबि, असमानता र सामाजिक पछौटेपनलाई केही हदसम्म भएपनि कम गर्ने तथा शिक्षाको कमीका कारण समाजमा भइरहेका विकृति, विसंगति लगायतका विभिन्न समस्याको विरुद्ध क्रियाशिल हुनु हरेक सचेत नेपाली युवाहरुको कर्तव्य हो भन्ने तथ्यलाई मध्येनजर गरी वि.सं. २०५७ सालमा होस्टे हैसे समूहको स्थापना भएको हो ।

बालबालिकाको क्षेत्रमा रहेका विभिन्न समस्याको न्यूनीकरण तथा उनीहरुको हक अधिकार सुनिश्चित गर्दै बालबालिकाको उत्थान गर्ने सोचका साथ यस होस्टे हैसे समूहको स्थापना भएको हो । समूहले स्थापना कालदेखिनै प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा बालबालिकाको हक, हीत तथा अधिकार संरक्षणका साथै बालबालिकाको चौतर्फी विकासको लागि काम गर्दै आएको छ ।

कुनैपनि राष्ट्रको आधारशीला भनेको बालबालिका हुन् । आजका बालबालिका भोलिका राष्ट्रिय व्यक्तित्व हुन् । यसकारण आज सम्पर्ूण्ारुपले बाल अधिकार प्राप्त गरी सामाजिक भावनाको विकास भएको व्यक्ति नै भोलि गएर देशको असल नागरिक बन्न सक्ने यथार्थलाई नकार्न सकिंदैन ।
बाल अधिकारको लागि बालबालिकासंग’ भन्ने मूल नाराका साथ आफ्नो कार्य क्षेत्रमा अगाडि बढिरहेको होस्टे हैंसे समूहको मुख्य ध्येय भनेकै बाल अधिकार प्रति सचेत र बाल अधिकारको रक्षामा क्रियाशिल समाजको निर्माण गर्ने हो । यसको लागि समूहले अहिलेदेखिनै विशेषगरी बालबालिकामा बाल अधिकारबारे सचेतना जगाउने कार्य गरिरहेको छ । यसबाट बालबालिकामा आफ्नो अधिकार तथा कर्तव्यको सही बोध हुन गै भोलिका दिनमा उनीहरु बाल अधिकार प्रति प्रतिवद्ध अभिभावक बन्न मद्दत पुग्दछ भन्ने हाम्रो विश्वास रहेको छ ।

बालबालिकालाई उनीहरुको अधिकारबारे सचेत गर्राई उनीहरुमा सामुहिक भावनाको विकास गराउने र उनीहरुलाई सामाजिक गतिविधिमा समेत संलग्न गराउनको लागि बालबालिकाहरुकै साझा समूह बाल क्लव’ मार्फ होस्टे हैंसे समूहले विशेष गरी आफ्नो अभियान केन्द्रित गरेको छ । बाल क्लवहरुको संस्थागत विकास तथा बालबालिकाको चौतर्फी विकासको लागि यस समूहले काम गरिरहेको छ । हाल समूहसंग आवद्ध १ सय ११ वटा बाल क्लवहरु रहेका छन् ।

समूहका उद्देश्यहरुः

-  शिक्षाको विकास, महिला तथा बालबालिकाको हक हीतको संरक्षण गर्ने ।
-  स्वास्थ्य, सरसफाई र वातावरण संरक्षण सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने ।
- शान्तिपर्ण् समाजको स्थापनार्थ आवश्यक कार्य गर्ने ।

वि.सं. २०५७ साल फागुन ९ गते संस्था दर्ता ऐन २०३४ अर्न्तर्गत यस समूह दर्ता नं. ६७१ मा जिल्ला प्रशासन कार्यालय मकवानपुरमा दर्ता भएको हो । वि.सं. २०५८ साल कार्तिक २० गते समाज कल्याण परिषदमा आवद्ध भएको यस समूहको परिषद आवद्धता नं. १२८१६ रहेको छ । यस समूह गैर सरकारी संस्था महासंघ मकवानपुर शाखामा पनि आवद्ध रहेको छ । संस्थाको वर्तमान अध्यक्ष गैसस महासंघ मकवानपुरको उपाध्यक्ष हुनुहुन्छ । यस समूह नेपालमा बाल सहभागिताको क्षेत्रमा कार्यरत संस्थाहरुको साझा समूह कन्सोर्टियम’ को सदस्य, मकवानपुर जिल्लामा बाल अधिकारको क्षेत्रमा क्रियाशील संस्थाहरुको सञ्जाल -म्याक्रो) को संयोजक, शैक्षिक सञ्जाल मकवानपुरको सचिव, बालबालिका शान्तिक्षेत्र हुन् अभियान मकवानपुरको संयोजक र जिल्ला बाल कल्याण समिति मकवानपुरको सदस्य रहेको छ ।

समूहका वर्तमान कार्यसमितिका पदाधिकारीः
१. अध्यक्ष    माधव न्यौपाने
२. उपाध्यक्ष    भानुभक्त आचार्य
३. सचिव    शकुन्तला पराजुली
४. सह-सचिव    विवेक बर्तौला
५. कोषाध्यक्ष    मधु आचार्य
६. सदस्य    देवकी उप्रेती
७. सदस्य    कविता -तीजकुमारी) थापा
साधारण सदस्य संख्याः- महिला ९ जना,     पुरुष ९ जना, जम्मा १८ जना
समूहका कर्मचारीहरुको विवरणः
१. मकरबहादुर सार्की       कार्यक्रम संयोजक
२.राजेन्द्र लामिछाने       कार्यक्रम सहायक/लेखापाल
३. पम्फा पुरी              बाल क्लव सहजकर्ता
४. पवित्रा अर्याल       बाल क्लव सहजकर्ता
५. शर्मिला वि.क.       बाल क्लव सहजकर्ता
६. यादव सुवेदी              बाल क्लव सहजकर्ता

हालसम्म सम्पन्न कार्यक्रमहरुः
१  २०५८ सालमा प्लान नेपालको सहयोगमा ३ दिने शाखा स्तरीय विविध बाल प्रतियोगितात्मक क्रियाकलाप तथा मकवानपुरका १७ वटा गाविसमा रहेको २५ वटा बाल क्लवहरुको सबलीकरणको लागि विभिन्न स्टेशनरी, खेलकूद, वाद्यबादन, भित्तेपत्रिका सामग्रीहरु वितरण कार्यक्रम सम्पन्न ।
२  २०५८ र २०५९ सालमा प्लान नेपालको सहयोगमा १७ वटा गाविसमा रहेका विभिन्न प्रावि, निमावि, मावि र खुल्ला विद्यालय गरी कूल १८० वटा विद्यालयमा विभिन्न बाल साहित्यका पुस्तक तथा बाल पत्रिका वितरण कार्यक्रम  सम्पन्न ।

३  २०५९ सालमा प्लान नेपालको सहयोगमा बाल क्लव सुदृढीकरण, बाल क्लव गठन, पर्ूनर्गठन तथा सामग्री वितरण साथै अनुशिक्षण कार्यक्रम छ वटा गाविसको २० वटा बाल क्लवमा सम्पन्न । साथै आफ्नै साधन र स्रोतमा बाल दिवसको उपलक्ष्यमा वक्तृत्वकला, हस्तलेखन र चुटकीला प्रतियोगिता र समूहको स्थापना दिवसको उपलक्ष्यमा अन्तर मावि हाजिरी जवाफ प्रतियोगिता सम्पन्न ।

४  २०६० सालमा प्लान नेपालको सहयोगमा ५२ वटा बाल क्लव जिल्ला बाल कल्याण समिति मकवानपुरमा दर्ता, बाल क्लव व्यवस्थापन तालिम, बाल क्लवहरुका लागि सामग्री वितरण, १७ वटा क्रियाशील बाल क्लवहरुलाई स्टिल दराज वितरण, जिल्ला बाल कल्याण समितिको समन्वयमा बाल क्लव संचालन निर्देशिका प्रकाशन ।

५  २०६१/०६२ मा प्लान नेपालको सहयोगमा बाल क्लव सबलीकरण कार्यक्रम अर्न्तर्गत बाल क्लवहरुको नियमित सहजीकरण, बाल क्लव व्यवस्थापन तालिम, बाल क्लवहरुको गाविस स्तरीय अन्तर्त्रिmया, बाल क्लव अवलोकन भ्रमण तथा बाल क्लवहरुको वाषिर्क पुनरावलोकन भेला एवम् अन्तर्रर्ााट्रय बाल अधिकार दिवसको उपलक्ष्यमा बाल नृत्य, चित्रकला तथा प्रतिभा पर््रदर्शनी प्रतियोगिता सम्पन्न ।

६ २०६२/०६३, २०६३/०६४ र २०६४/०६५ मा प्लान नेपालको सहयोगमा एकिकृत बाल अधिकार सचेतना कार्यक्रम तथा  मा बाल क्लवहरुको संस्थागत विकास तथा सबलीकरण कार्यक्रम अर्न्तर्गत बाल क्लव सहजीकरण, बाल क्लव गठन, गाविस स्तरीय बाल क्लव सञ्जाल गठन, समुदायमा आधारित संस्था तथा बाल क्लवहरुको क्षमता अभिवृद्धिका लागि तालिम/ गोष्ठी सञ्चालन, अध्ययन/ अवलोकन भ्रमण जस्ता क्रियाकलाप संचालन ।

७  २०६३ र २०६४ सालमा तत्कालिन तर्राई तथा शिवालिकका लागि जैविक विविधता क्षेत्र कार्यक्रम र वर्तमान जिल्ला वन समन्वय समितिको सहयोगमा इको क्लवहरुस“ग विभिन्न कार्यक्रम सम्पन्न ।

८  २०६२/०६३ मा जिल्ला विकास समिति मकवानपुरको सहयोगमा मकवानपुर जिल्लामा वन तथा कृषिमा आधारित औद्योगिक कच्चा पदार्थको सम्भाव्यता अध्ययन कार्य सम्पन्न ।

९ २०६४ सालममा जिल्ला शिक्षा कार्यालय मकवानपुरको सहयोगमा विद्यालय भर्ना अभियान अर्न्तर्गत ३ वटा गाविसमा कार्यक्रम सम्पन्न ।

भावी रणनीति तथा कार्ययोजनाः
१ मकवानपुर जिल्लामा बाल अधिकार तथा बाल सहभागिताको क्षेत्रमा कार्यरत अग्रणी संस्थाको रुपमा पहिचान बनाउन सफल भै सकेको यस समूहले आगामी दिनमा सबै पक्षस“ग समन्वय र सहकार्य गरी जिल्लाका सबै गाविसमा बाल क्लव स्थापनामा जोड दिनेछ ।

२ हाल समूहले प्लानको कार्यक्षेत्रका २७ वटा गाविस तथा आफ्नै साधन र स्रोतमा थप १ गाविस तथा हेटौंडा नगरपालिकाभित्र सिमित रहेको समूहको गतिविधिलाई अन्य गाविसमा विस्तार गर्न आवश्यक पहल गर्नेछ ।

३ जिल्लाभित्र रहेका बाल क्लवहरुलाई सुदृढ र प्रभावकारी रुपमा क्रियाशील गराउन गाविस स्तरमा बाल क्लवहरुको संजाल विस्तार गरी जिल्ला स्तरीय बाल क्लवको संजाल निर्माण गरिनेछ ।

४ उमेरको हद तथा अन्य कारणबाट बाल क्लव छाडेका युवाहरुलाई संगठित गरी उनीहरुमार्फ सम्बन्धित गाविस वा क्षेत्रमा रहेका बाल क्लवहरुको रेखदेख, सहजीकरण गराउने कार्यलाई अघि बर्ढाई बाल क्लवहरुलाई स्थायित्व प्रदान गर्न आवश्यक कार्य गरिनेछ ।

५  विद्यालयका बाल क्लवहरुलाई विद्यालयकै एउटा अ·को रुपमा विकास गर्राई बाल क्लव प्रतिनिधिलाई विद्यालय व्यवस्थापन समितिको वैठकमा सहभागिताको लागि पहल गरिनेछ ।

६ गाविस, सामुदायिक वन उपभोक्ता समूह तथा अन्य स्थानीय सरकारी एवम् गैरसरकारी संस्था तथा निकायबाट नियमित रुपमा स्थानीय बाल   क्लवको लागि आवश्यक सहयोग जुटाउन समन्वय गरिनेछ ।

तयारकर्ताः
मकरबहादुर सार्की
कार्यक्रम संयोजक
होस्टे हैंसे समूह
हेटौंडा-२, मकवानपुर

Brief Profile of Organization:

Name of organization

Hoste Hainse Group

Address

Hetauda-2, Nagarpalika Road, Makawanpur

Phone

057/521293

E-mail

hoste_hanise@ntc.net.np

Registration date

2057/11/06 (057/671)

Social Welfare Council, Kathmandu

12816/2058

Registration with

-District Administration Makawanpur,
-NGO Fed, Makawanpur

Renewal date

2063/064

Last audit held

2063/064

Staff size

2 Admin staffs and 4 Field Staffs

Contact person

Madhav Neupane, Mob-9855067236

Madhu Acharya, Mob-9845031337

Makar Bahadur Sarki,   Mob -9855067670